बझाङमा जीप दुर्घटना : ९ जनाको ज्यान गयो

Facebook
Twitter
WhatsApp
Print

बझाङ, असार २ – बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको छ ।

[custom-facebook-feed]

दुर्घटनामा परि ९ जनाको ज्यान गएको छ भने ४ जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालयका सब-इन्स्पेक्टर महानन्द जोशीले बताउनुभयो ।

दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ ।

जीप अप्ठेरो ठाँउमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको सब-इन्स्पेक्टर जोशीले जानकारी दिनुभयो । जीप दुर्घटनाकाे कारण भने थाहा नभैसकेको प्रहरीले बताएको छ ।

दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको अवस्थामा छ र घटनाको विवरण आउन बाँकी छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीसहितको टोली गएको छ।

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेको जोशीले जानकारी दिनुभयो ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार