पब्लिक टुडे समाचारदाता
महोत्तरी, असार ६ गते : महोत्तरीको गौशालामा चोरको आक्रमणमा परि एक महिलाको ज्यान गएको छ ।
[custom-facebook-feed]
गौशाला नगरपालिका–१० भरतपुरकी करीब ३० बर्षीय अञ्जु कुमारी श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाका सई बलबहादुर माझीले जनाए ।
राती साँढे १२ बजेतिर उनको घरमा चोरी गर्न चोर पसेका थिए । गाउँलेसंग गुहार माग्दा चोरले उनको छातीमा छुरा प्रहार गरेका थिए ।
गम्भिर घाइते भएकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभए पछी थप उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको खवर पाउन साथ कान्तिबजार र इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी टोली पुगेका थिए ।