समृद्ध प्रदेशका लागि महिला सशक्तिकरण आवश्यक : मुख्यमन्त्री राउत

सप्तरी , असार ७ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिला सशक्तिकरण आवश्यक रहेको बताउनु भएको छ ।

[custom-facebook-feed]

सप्तरीको डाकनेश्वरी नपा ३ स्थित जनता मावि तहरीको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले महिलाको सशक्तिकरण विना प्रदेशलाई समृद्ध बनाउन सम्भव नरहेकोले प्रदेश सरकार त्यस तर्फ अग्रसर भई सकेको उल्लेख गर्नु भयो । प्रदेश सरकारले महिलाहरुको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच बढाउन बेटी पढाउ, बेटी बचाउ, सरकारी सेवामा आरक्षणमा ५० प्रतिशतको व्यवस्था जस्ता अभियान संचालनमा ल्याई सकेको बताउनु भयो ।

यसका साथै आउदो आर्थिक वर्ष देखी कक्षा १ देखी ८ सम्म सामुदायिक विद्यालयमा अध्ययन गर्ने अति विपन्न दलित तथा मुस्लिम समुदायका छात्राहरुलाई रु ५ सय प्रति महिला छात्रवृति प्रदान गरिने समेत उल्लेख गर्नु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति विद्या देवी भण्डारी, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी , नगर प्रमुख शिवनाथ साह सहितले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थको समेत उपस्थिति रहेको थियो ।