प्रदेश २ मा महिला हिंसा रोक्न छात्रालाई आत्मरक्षा तालिम

जनकपुरधाम, असार ९ गते । प्रदेशमा बढ्दो महिला हिंसालाई निरुत्साहित गर्न प्रदेश २ सरकारले प्रदेशभित्रका सामुदायिक विद्यालयहरुमा ‘आत्मरक्षा’ कार्यक्रम सुरु गरेको छ ।

[custom-facebook-feed]

बलात्कार र महिलाहरुमाथि हुने गरेको हिंसालाई कम गर्ने उद्देश्य अनूरूप प्रदेश सरकारले विद्यालयहरुमा छात्राहरुको लागि ‘आत्मरक्षा’ कार्यक्रम मंगलबार सामजिक विकासमन्त्री नवलकिशोर साहले उद्घाटन गरेका हुन्। 

सामाजिक विकास मन्त्रालयले प्रदेश २ भित्र सामुदायिक विद्यालयहरुमा ‘आत्मरक्षा’ कार्यक्रमको सोमबारदेखि नै शुभारम्भ गरेको बताएका छन्। 

जनकपुरको सरस्वती माविमा ‘आत्मरक्षा’ कार्यक्रमको उद्घटान गर्दै मन्त्री साहले भने, ‘विभिन्न समस्याकाबीच आफुले यो कार्यक्रम खास गरी चेलीहरुको लागि ल्याएको र यो तालिम लिएर छोरीचेली आफ्नो रक्षा गर्ने विश्वास बढ्ने छ।’

प्रदेश २ अन्तर्गत समुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा सम्बन्धी विशेष प्रकारको तालिम र शिप दिने कार्यक्रमहरु सञ्चालन हुने र यसबाट छात्राहरुले लाभ लिनेमा आफू विश्वस्त रहेको मन्त्री साहले बताएका हुन्।

Scroll to Top