• The Public Today
  • चौकीदारद्वारा महिलाको हत्या


    काठमाडौं, फाल्गुण २८ गते । काठमाडौको नागार्जुन–५, पाँचधारा हलचोकमा एक जना महिलाको हत्या गरेको आरोपमा चौकीदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचधारा खानेपानी ट्याङ्कीमा चौकीदारको रुपमा काम गर्ने ३७ वर्षीय प्रकाश थापा मगर छन् ।

    महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार मंगलबार बिहान ज्यामी काम गर्ने धरान घर भइ हलचोक बस्दै आएकी ४५ वर्षीया निरमाया चेम्जुङ मृत भेटिएकी थिइन् ।

    ‘खानेपानी ट्याङ्की नजिक कोल्टो परेको अवस्थामा मृत भेटिएपछि अनुसन्धान थालेका थियौं’, राठौरले भने, ‘अनुसन्धानका क्रममा सोमबार राति निरमाया अभियुक्त थापाको कोठामा गएको देखिएको छ । त्यसक्रममा वादविवाद हुँदा पेटमा लात्तीले हानेर बेहोस बनाएको देखिएको छ ।’

    त्यतिवेलै निरमायाको मृत्यु भएको थियो । प्रकाश र निरमायाबीच विगत दुई/तीन वर्षदेखि चिनजान भएर एकअर्काको कोठामा आवतजावत हुने गरेको देखिएको प्रहरीको भनाइ छ ।

    महानगरीय प्रहरी वृत्त, स्वयम्भुसमेतको सहयोगमा थप अनुसन्धान भइरहेको राठौरले बताए ।


    क्याटेगोरी : समाज


    प्रतिक्रिया दिनुहोस