बर्दिबासमा रक्तदान (फोटो फिचर)



रोशन कुमार महतो
बर्दिबास, मंसिर १०गते ।

महोत्तरीको बर्दिबासमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । इन्टरनेशनल डिष्ट्क्टि ३२९२ को आह्वानमा शनिवार देशव्यापी वृहत रक्तदान कार्यक्रम गरिएको छ । सोही क्रममा बर्दिबासको तिनकुने चौकमा रक्रदान शिविर संचालन गरिएको थियो । उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गरेको जनाइएको छ ।


रोटर्याक्ट क्लब अफ बर्दिवास र रोटरी क्लब अफ बर्दिवासको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बर्दिवासले प्राबिधिक सहयोग गरेका थिए ।
कार्यक्रममा गौतम ग्लास हाउस, होटल शिसमहल, माईस्थान पन्चधुरा ट्रेडर्स, पंचधुरा वाटर सप्लायर्स, द सन ग्रुप एड., कृष्ण टेन्ट हाउस, सिटी केयर हस्पिटल बर्दिवास, बर्दिवास टुर्स एण्ड ट्राभल्स लगायतका व्यवसायिक संस्थाहरुले समेत सहयोग गरेका थिए ।

Scroll to Top