महोत्तरीमा बाढीले बगाएको राजमार्गको सडक एकतर्फी सञ्चालनमा

 

रोशन कुमार महतो
बर्दिवास, साउन १६ गते ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीमा बाढीले बगाएको सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जनकपुरले सडक बगाएको ठाउँमा ग्राबेल माटो हुरेर एकतर्फी सडक सञ्चालनमा ल्याएको हो ।

सडक बगाएको ठाउँमा ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योपानेले जानकारी दिए । उनका अनुसार राजमार्ग सञ्चालनमा आएपछि अलपत्र परेका सवारी साधनहरु आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

खोलामा आएको बाढीले बहाव परिवर्तन गरेपछि सडक बगाएको डिभिजन कार्यालय जनकपुरका इन्जिनियर विकास झाले बताए । उनका अनुसार मंगलवार बाढीले पुल नजिकै रुख बगाएर ल्याएसँगै बहाव परिर्वतन भएर सडक बगाएको हो ।

भारी बर्षाका कारण ढुङ्ग्रे खोलामा आएको भीषण बाढीले बुधबार बिहान २ बजेतिर टुटेश्वर चोक नजिकैको बेलगाछि पुलको पश्चिमपट्टी करिब ५ फिट सडक बगाएपछि पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा ३० किलोमिटरभन्दा लामो दुरीको डाइभर्सन प्रयोग गरिएको थियो । साना सवारी साधनहरु डाइभर्सनमा गुडेपनि ठुला मालबाहक सवारी साधनहरु अलपत्र परेका थिए ।

Scroll to Top