काठमाडौँ, असार ७ गते ।
ब्राजिलमा हट एयर बेलुन दुर्घटनामा कम्तिमा आठ जनाको मृत्यु भएको छ ।
सामाजिक सञ्जालमा जानकारी दिँदै, सान्ता क्याटरिनाका गभर्नर जोर्गिनो मेलोले शनिबार बिहान भएको दुर्घटनामा हट एयर बेलुन भित्र २२ जना रहेको र ८ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मेलोले राहत तथा उद्धार टोली घटनास्थलमा पुगेको र बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको बताएका छन् ।
उनले भने– ‘दुई जनालाई उद्धार गरिएको छ भने बाँकीको खोजी जारी छ । यो दुर्घटनाबाट सबै स्तब्ध छन् ।’ एभरेष्ट न्यूज एजेन्सी