राजविराज, पुस २६ गते ।
पूर्वसांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ । उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका५ स्थित निजी निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पचासी वर्षको उमेरमा चौधरीको निधन भएको राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिए । चौधरी २०७४ सालको निर्वाचनमा सप्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको थियो ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित उनी ऊर्जा, सिँचाइ र जलस्रोत राज्यमन्त्रीसमेत बनेको थियो । पछिल्लो पटक राष्ट्रिय मुक्ति पार्टीमा उनले कार्यकारिणी समितिमा थिए । चौधरीका दुई छोरा र दुई छोरी छन् ।





