हुस्सु–कुहिरोले ढाक्यो तराई



काठमाडौँ, माघ १५ गते ।

हाल (बिहीबार बिहान) तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ। कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा भने मौसम आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो पनि तराई भूभभागका अधिकांश स्थानमा हुस्सु–कुहिरो रहनेछ।

यस्तै दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुनेछ र बाँकी मौसम मुख्यतया सफा रहने छ।

साथै कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात–वर्षाको सम्भावना छ।

मौसम महाशाखाका अनुसार राति पनि देशका तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ।

अनि कर्णाली र सुदूरपश्चिम प्रदेशलागायत कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली हुनेछ र बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ।

यस क्रममा राति कोसी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपात–वर्षाको सम्भावना छ।

मौसम महाशाखाले चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ, ‘कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना साथै तराई भूभागमा हुस्सु–कुहिरोको समेत सम्भावना रहेकाले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।’

Scroll to Top