प्राप्त जिम्मेवारीअनुरूप कार्य सम्पादन गर्न गृह मन्त्रालयको निर्देशन

File Photo



काठमाडौँ, माघ २ गते ।

गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा प्राप्त जिम्मेवारीअनुरूप कार्यसम्पादन गर्न निर्देशन दिएको छ ।

सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

सो छलफल शान्ति सुरक्षाको अवस्था, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारीसाधन र मतपेटिका ढुवानी व्यवस्थालगायतका बारेमा केन्द्रित रहेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, चाडपर्वको समयमा उच्च सुरक्षा सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरूपयोग नियन्त्रण गर्ने, जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

छलफलमा मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुख, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं गृहमन्त्रालयका कर्मचारी सहभागी हुनुहुन्थ्यो ।

Scroll to Top