काठमाडौँ, फागुन १५ गते ।
सरकारले भिजिट भिसामा विदेश जान थप सहज बनाउँदै ६ बुँदे मापदण्डलाई परिमार्जन गरेको छ।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार, अब प्रकारका कागजातका आधारमा सहजै प्रस्थान गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि ६ वटा कागजात आवश्यक पर्ने गरेको थियो।
अब चार प्रकारका कागजातको आधारमा मात्र प्रस्थान हुन सकिने व्यवस्था गरिएको प्रवक्ता ढकालले बताए। ‘सम्बन्धित मुलुकको भिसा, ६ महिनाको वैध अवधि भएको राहदानी, हवाई टिकट र स्वघोषणा भएमा सहजै विदेश प्रस्थान गर्न सकिन्छ,’ उनले भने।
स्वघोषणाको फारम भने पहिल्यै भरेर लग्नुपर्नेछ। अध्यागमन विभागले भनेको छ, ‘घुम्न, भ्रमण वा पर्यटनकको उद्देश्यले विदेश जाने नेपाली नागरिकले स्वघोषणा फारम पहिल्यै भरेर मात्र अध्यागमनमा आउनुहुन अनुरोध गरिन्छ।’





