काठमाडौँ, फागुन १६ गते ।
शनिबार बिहान बोलिभियाको एल अल्टो सहरमा वायुसेनाको हर्कुलस विमान दुर्घटना भएको छ।
दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन्। विमान देशको केन्द्रीय बैंकबाट नयाँ नोट बोकेर उड्दै थियोे।
राष्ट्रिय अग्नि नियन्त्रक प्रमुख पावेल तोभरले मृतकमा चालक दलका सदस्य र नजिकै रहेका व्यक्ति रहेको बताएका छन्। एजेन्सी





