चीनको सीमा क्षेत्रमा प्रहरीको गस्ती



हुम्ला, फागुन १६ गते ।

प्रतिनिधि सभा निर्वाचन नजिकिँद‌ै गर्दा नेपाल प्रहरीले सीमा क्षेत्रमा गस्ति सुरू गरेको छ ।

चिनको सीमासँग जोडिएको नाम्खा गाउँपालिका–६ को लिमी लाप्चामा पैदल गस्ती गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी सहायक निरीक्षक मञ्जुल खडकाको कमाण्डमा ७ जनाको टोली नाम्खा गाउँपालिका–५ र ६ वस्तुस्थिति बुझ्न पैदल गस्ती सुरू गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

निर्वाचन नजिक आउँदा हिल्सा नाका हुँदै नेपाल प्रहरी लिमि लाप्चा गस्तिमा पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खड्काले जानकारी दिए ।

दुर्गम क्षेत्रको वस्तुस्थिति बुझ्न टोली पैदल गस्तीमा खटिएको डिएसपी खडकाले बताए ।

Scroll to Top