१ खर्ब माथिको निक्षेप उठाउँदै राष्ट्र बैंक



काठमाडौँ, फागुन १७ गते ।

अधिक तरलताको अवस्थामा सुधार नदेखिएपछि राष्ट्र बैंकले निक्षेप संकलनको आकार बढाउन थालेको छ।

राष्ट्र बैंकले आइतबार १ खर्ब १० अर्बबराबरको निक्षेप प्रशोचन गर्न लागेको हो।

चुनावी नजिकिँदै गएपछि बैंकहरुमा तरलता केही घटाउन राष्ट्र बैंकले ८७ दिनका लागि १ खर्ब १० अर्बबराबरको रकम होल्ड गर्न लागेको हो।

बैंकले जेठ १३ गते फुकुवा गर्ने गरी निक्षेप राख्ने बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाइन बोलकबोलमा सहभागी हुन भनेको छ। यसका लागि बैंकले ३ बजेसम्म अनलाइन बोलकबोल खुला राख्ने जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकमसहित बोलकबोलमा सहभागी हुनुपर्नेछ।

Scroll to Top