बजेट अभावमा दुई कोठे विद्यालय भवन निर्माण अलपत्र



सप्तरी, वैशाख ३ गते ।

बजेट अभावमा सप्तरीको राजविराज नगरपालिका–१२ स्थित श्री आधारभूत विद्यालय दमाबतीको दुई कोठे पक्की भवन निर्माण अलपत्र परेको छ । बजेट अभावमा विगत तीन वर्षदेखि निर्माणाधीन भवन अधुरो बनेको हो ।

मधेश प्रदेश सरकार अन्तर्गत रहेका समाजिक विकास इकाई राजविराज सप्तरीबाट भवन निर्माणका लागि आर्थिक वर्ष २०७९र८० मा विनियोजित १५ लाख बजेटमा निर्माण थालिएको थियो । थप बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माण अलपत्र परेको हो ।

बालविकासदेखि कक्षा–६ सम्म पढाइ हुने विद्यालयमा जस्ताले बनेको जीर्ण ३ वटा कक्षाकोठामा सबै विद्यार्थीलाई राखेर पढाउनु परिरहेको विद्यालयका प्रधानाध्यापक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

स्थानीय इन्जिनियर शैलेन्द्र यादवका अनुसार निर्माधिन अधुरो भवन सम्पन्न गर्न थप बजेटको व्यवस्था गर्नुपर्ने छ । उनले नगरपालिकाले पनि अधुरो भवन निर्माण सम्पन्न गर्ने दायित्व लिनुपर्ने बताए ।

नगरपालिकाले विद्यालयका लागि आवश्यक पूर्वाधार खडा गर्न नसक्नु चिन्ताको विषय भएको भाषाविद् डा. सूर्यप्रसाद यादव बताए ।

तीन वटा कोठामा हाल १ सय ८४ जना विद्यार्थी राखेर अध्ययन गराउनुपर्ने बाध्यता रहेको प्रअ यादव बताए ।

Scroll to Top