कांग्रेस, एमाले र नेकपाले संसदीय समिति सभापतिमा उम्मेदवारी



काठमाडौं, वैशाख ३ गते ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले एउटरएउटा संसदीय समिति सभापतिमा उम्मेदवारी दिएका छन् ।

कांग्रेसका भरतबहादुर खड्काले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दिएका छन् । यो पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट कुनै उम्मेदवारी परेको छैन ।

लेखा समितिको नेतृत्व विपक्षी दललाई दिने संसदीय अभ्यास रहेको र यसलाई निरन्तरता दिन आवश्यक रहेको भनेर रास्वपाले पनि कांग्रेसकै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेका गुरुप्रसाद बरालले प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।

यो पदमा रास्वपाका तर्फबाट डा। ओजस्वी शेरचनको उम्मेदवारी परेको छ ।

यस्तै, संघीय संसद्को संयुक्त समिति अर्थात् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा मदन कुमारी शाह ९गरिमा० को उम्मेदवारी परेको छ । उनी नेपाली कम्युनिस्ट पार्टीकी हुन् ।

गरिमाको प्रस्तावकमा कांग्रेसका जनकराज गिरी र समर्थकमा नेकपा एमालेका पुष्पराज कंडेल रहेका छन् । यो समिति सभापतिमा रास्वपाका तर्फबाट गणेश कार्कीको उम्मेदवारी परेको छ । रास्वपाको एकल बहुमत रहेकाले अर्को दलको उम्मेदवारले सभापति पाउने सम्भावना छैन ।

प्रतिनिधिसभामा एउटै दलको बलियो शक्ति रहेको र यस्तोमा चेक एण्ड ब्यालेन्सका लागि समेत विपक्षी दलहरूलाई समेट्नुपर्ने बुझाइमा आफूहरू रहेको शाहले बताइन् ।

‘रास्वपाले यो कुरालाई मननन् गर्‍यो भने ठिकै हुन्छ । नभए पनि यो को आवश्यकता छ है भनेर सन्देश दिन उम्मेदवारी दिइएको हो’ शाहले भनिन् ।

Scroll to Top