एमालेले संशोधन गर्‍यो आन्दोलनका कार्यक्रम



काठमाडौं, वैशाख ५ गते ।

नेकपा (एमाले)ले आन्दोलनका कार्यक्रम संशोधन गरेको छ।

महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रम संशोधन गरेको हो।

बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको पार्टी कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए।

बैठकले सबै जिल्ला कमिटीहरूले यही बैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

उपत्यकाको हकमा भने वैशाख ९ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय, च्यासलमा कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ।

यसअघि अध्यक्ष ओली पक्राउ परेपछि एमालेले वडा तहसम्म कमिटी परिचालन गर्ने निर्णय गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो।

चैत २५ गते जिल्ला भेला, चैत २८ गते ७५३ वटै पालिकास्तरीय विरोध प्रदर्शन, वैशाख ३ गते ६ हजार ७४३ वटा कमिटीको भेला आयोजना गर्ने निर्णय थियो।

साथै वैशाख ७ गते प्रदेशका राजधानीहरूमा प्रदर्शन, वैशाख १२ गते काठमाडौं उपत्यकास्तरीय भेला, प्रदर्शन तय भएको थियो।

Scroll to Top