प्रभु साहले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन माग

File Photo



काठमाडौं, वैशाख ८ गते ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको करहरु घटाउन माग गरेका छन् ।

सरकारले लगाउँदै आएको अनावश्यक कर हटाए उपभोक्ताले सहज र कममुल्यमै पेट्रोलिएम पदार्थ पाउन सक्ने उनले बताए ।

काठमाडौंको कोटेश्वर स्थित आजपा केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरागर्दै आजपा अध्यक्ष साहले भने, ‘अन्तर्राष्ट्रिय बजार बमोजिम आइओसीबाट प्राप्त औषत कुरमुक्त मुल्य १४९ रुपैया १७ पैसामा एक लिटर पेट्रोल किनेर सरकारले उपभोक्तालाई २१९ रुपैयामा बेचिरहेको छ ।’

यसमा विभिन्न नाममा कर, सेवा शुल्क लगायतका समावेश गरेर २१९ रुपैयामा किन बेच्नुपर्यो भनेर उनले प्रश्न गरेका हुन् ।

नेपाल आयल निगमले पेट्रोलमा सरकारी भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत संभार शुल्क, प्रदुषण शुल्क, पूर्वाधार कर, हरित कर, मूल्य अभिवृद्धि कर लिने गरेको छ ।

Scroll to Top