काठमाडौँ, असार ३१ गते ।
स्थानीय बजारमा आज सुन तोलामा आठ सय र चाँदी ५५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४१५ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार र चाँदीको मूल्य चार हजार ३६० प्रतितोला कायम भएको थियो ।





