भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार



चीन, भदौ २३ गते ।

पूर्वी चीनको फुझाउमा अविरल वर्षाका कारण एउटा भवन भत्किँदा पुरिएका चारै जनालाई २७ घण्टा लामो निरन्तरको प्रयासपछि जीवितै उद्धार गरिएको छ ।

उद्धारकर्मीहरूले डोरीको सहायताले भग्नावशेषभित्र पसेर खोजी कार्य शुरु गरेका थिए । खोजीका क्रममा तालिमप्राप्त कुकुरहरूको समेत प्रयोग गरिएको थियो, जसले अस्थिर र जोखिमपूर्ण संरचनाका बीच फसेका व्यक्तिहरूको पहिचान गर्न सहयोग पुर्याएका थिए ।

अत्यन्तै कठिन र चुनौतीपूर्ण अवस्थाका बावजुद २७ घण्टाभन्दा बढी समयसम्म खटिएको उद्धार टोलीले भग्नावशेष खनेर चारै जनालाई सकुशल बाहिर निकाल्न सफल भएको हो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Scroll to Top