नयाँदिल्ली, भदौ २३ गते ।
दक्षिण दिल्लीको सत्य निकेतन क्षेत्रमा एक बहुतले भवन भत्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
दिल्ली सरकारका एक अधिकारीकाअनुसार आईतवार दिउँसो भएको उक्त दुर्घटनापछि भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ ।
आईतवार दिउँसो करिव १ः३० बजे भवनको बेसमेन्टमा मर्मत कार्य भइरहेका बेला उक्त संरचना भत्किएको आधिकारिक स्रोतले जनाएको छ ।
मृत्यु हुनेहरूमा केही विद्यार्थी समेत रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
भग्नावशेषमा अन्य मानिसहरू पनि पुरिएको हुनसक्ने आशंकामा सुरक्षाकर्मी र उद्धार टोलीले खोजी कार्यलाई तिब्रता दिएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल





