मोरङ, वैशाख ९ गते ।
नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले त्यसका लागि सबै साथीहरुसँग संवादमा रहेको बताए ।
अध्यक्ष थापाले नेपाली कांग्रेस सङ्घीय संसद्मा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा अग्र स्थानमा रहेकाले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताए ।
उनले पार्टीको केन्द्रीय समितिको निर्णयले वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्ने तथा संविधानको कार्यान्वयनलगायत जनतासँग सम्बन्धित विषयमा सहयोग रहने बताए ।
।





