यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै



काठमाडौं, वैशाख १८ गते ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत जारी शृंखलाको आफ्नो तेस्रो म्याचमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

त्रिवि क्रिकेट खेलमैदानमा यूएईसँगको म्याचमा टस जित्दै नेपाली कप्तान रोहितकुमार पौडेलले ब्याटिङ रोजेका हुन् ।

शृंखलाको पहिलो म्याचमा नेपालले यूएईलाई पराजित गर्दै महत्वपूर्ण २ अंक हासिल गरेको थियो । तर, आफ्नो दोस्रो म्याचमा नेपाल ओमानसँग निकै खराब प्रदर्शन गर्दै पराजित हुन पुग्यो ।

यूएई भने पहिलो खेलमा नेपालसँग पराजित भएपछि दोस्रो खेलमा ओमानलाई हराएर उच्च मानसिकतामा छ र नेपालविरुद्ध पनि जितको खोजीमा हुनेछ ।

Scroll to Top