एक वनमा बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक भेटिए



काठमाडौं, असार २३ गते ।

पर्वतको एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले चलाएको स्वीप अपरेसनका क्रममा मंगलबार पैयूँ गाउँपालिका–६ को बाहुनडाँडा सामुदायिक वनबाट ६ थान अवैध भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

ती बन्दुक जंगलभित्र लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए ।

ती बन्दुकहरू रितपूर्वक बरामद गरी सुरक्षित जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय हुवासमा ल्याएर राखेको उनले बताए ।

हालसम्म २९ थान बेवारिसे भरुवा बन्दुक फेला परेको पर्वत प्रहरीले जनाएको छ ।

Scroll to Top