उच्च अदालत जनकपुरले भोलि न्यायिक महोत्सव आयोजना गर्ने



जनकपुरधाम, वैशाख २५ गते ।

उच्च अदालत जनकपुरले शनिबार न्यायिक महोत्सव आयोजन गर्ने भएको छ ।

कानुन दिवसको अवसरमा शनिबार आयोजन गर्न लागेको महोत्सवमा विभिन्न विषमया अन्तरक्रिया र स्टलहरूको प्रदर्शन गरिने भएको छ ।

अदालतका कामु न्यायधीश टेकनारायण कुँवरका अनुसार महोत्सवमा शनिबार बिहान ७ बजे जनकपुरधाममा प्रभातफेरि गर्ने र त्यसपछि बिहान ९ बजेदेखि जनकपुरधामको निधि भवनमा औपचारिक कार्यक्रम हुने छ ।

दिउँसो १ बजेदेखि अन्तरक्रिया राखिएको छ ।

महोत्सवमा विशेष आकर्षण सर्वसाधारण र विद्यार्थीहरूले न्यायाधीशहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गर्न पाउने छन् ।

कानुनका विद्यार्थीहरूलाई न्यायाधीशहरूले व्यवहारिक ज्ञान र अनुभव प्रदान गर्ने, कानुन व्यवसायी र अदालतको समन्वय र सुधारका विषयमा छलफल, पालिकाका न्यायिक समितिहरू र अदालतबीचको कार्यगत सम्बन्ध बारे अन्तरक्रिया गरिने कामु न्यायाधीश कुँवरले बताए ।

यस अवसरमा विभिन्न कानुन क्याम्पसको शैक्षिक स्टल, विभिन्न सरकारी कार्यालयहरूको सेवा र जानकाकरीमूलक स्टल, कानुनी पुस्तक र न्यायिक प्रक्रियाबारे जानकारी दिने प्रदर्शनीहरू राखिने उच्च अदालतले जनाएको छ ।

Scroll to Top