ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो



सल्यान, वैशाख २६ गते ।

सल्यानको बागचौर नगरपालिका–१० भाटबिटेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार बिहान भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री लिएर श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे१त २०९० नम्बरको ट्रयाक्टर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रयाक्टर चालक शारदा नगरपालिका–१३ निवासी अन्दाजी २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Scroll to Top