प्रतिनिधिसभा नियमावली मस्यौदा पेस



काठमाडौँ, वैशाख २८ गते ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, मस्यौदा पेस गरिएको छ । मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रतिवेदन पेस गरिएको हो ।

गत चैत २३ गतेको प्रतिनिधिसभाको बैठकबाट १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो ।

बैठकमा मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयको सूचना वाचन थरेर सुनाइएको थियो । यस्तै, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्यको मनोनयनसमेत गरिएको छ ।

यसैबीच, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदन भएको छ । योसँगै संसद्को अधिवेशन सञ्चालन नभएको अवस्थामा सभाका विभिन्न समितिका सदस्यको नामावली हेरफेर गर्ने निर्णय अनुमोदन भएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक आजै ५ः०० बजे बस्नेछ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक भने आज अपराह्ज ४ः०० बजे बस्ने र उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरी नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Scroll to Top