सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत



काठमाडौँ, वैशाख २८ गते ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गरिएको हो । यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेलसमक्ष सम्बोधनको प्रति हस्तान्तरण गरियो । राष्ट्रपतिबाट नीति तथा कार्यक्रम वाचन जारी छ ।

संसद् भवन परिसरमा राष्ट्रपतिलाई सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरिएको थियो । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ भएको हो ।

Scroll to Top