बाढीको जोखिम बढेपछि बीपी राजमार्गमा फेरि यातायात अवरुद्ध



काठमाडौँ, जेठ २ गते ।

बाढीको जोखिम बढेपछि बनेपा–सिन्धुली–बर्दिबास सडक (बीपी राजमार्ग) पुनः अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार बिहान सूचना जारी गर्दै सम्भावित बाढीको जोखिमको कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी भएर चल्ने गाडीलाई रोक लगाएको जनाएको छ।

त्यसैगरि सम्भावित पहिरोको कारण हिल्सा–सिमकोट सडक पनि बन्द भएको छ।

उता बाढी पहिरोको कारण भोजपुरमा मध्यपहाडी राजमार्ग र म्याग्दीमा बेनी–जोमसोम सडकखण्डमा अहिले एकतर्फी गाडी चलेका छन्।

Scroll to Top