मधेशमा सत्ता समीकरण फेरिँदै : जसपा नेपाल हटाइँदै, एमाले भित्रिँदै

File Photo



शैलेन्द्र महतो
जनकपुरधाम, जेठ ७ गते ।

मधेश प्रदेशमा सत्ता समीकरण परिवर्तन भएर तीनवटा पार्टीको गठबन्धन सरकार बन्ने भएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्यनिस्ट पार्टी (नेकपा)ले गठबन्धन गरेर सरकार बनाउन लागेका हुन् ।

मुख्यमन्त्रीमा भने कांग्रेसका कृष्णप्रसाद यादव नै निरन्तर रहनेछन् ।

तीन दल मिलेर सरकार बनाउने सहमति भइसकेको एक नेताले बताए । जसपा नेपाल र जनमतका मन्त्रीहरूलाई हटाएर नेकपा एमालेबाट आजै एकजना मन्त्रीलाई शपथ खुवाउने तयारी भएको स्रोतले बतायो ।

Scroll to Top