सिरहा, असार २४ गते ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा–४० वर्षीया रञ्जुदेवी यादव मृत अवस्थामा फेला परेकी छन् ।
लक्ष्मीपुर पतारी–३ महेशपुर निवासी यादवको शव गाउँपालिकाको–५ र ६ को सीमास्थित सरस्वती खोलाको उत्तरी किनारमा भेटिएको हो।
स्थानीय अजय यादवले भैंसी चराउने क्रममा शव देखेपछि परिवारका सदस्य तथा प्रहरीलाई जानकारी दिएका थिए।
घटनास्थल पुगेको प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको छ।
मृतकका बुबा हरिदेव यादवका अनुसार रञ्जुदेवी केही समयदेखि मानसिक समस्याका कारण माइतीमै बस्दै आएकी थिइन्।
मानसिक अवस्थाका कारण उनी कहिले घरमा बस्ने र कहिले बाहिर हिँड्ने भन्ने निश्चित नहुने गरेको उनले बताए।
उनको माइती लक्ष्मीपुर पतारी–५ पथलगडामा रहेको छ।
प्रहरीका अनुसार मृत्युको यथार्थ कारण अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।





