जिबी राईबारे सोधिएको प्रश्नमा प्रधानमन्त्रीले जबाफ दिएनन्



काठमाडौं, जेठ १७ गते ।

सहकारी ठगीमा फरार रहेका जिबी राईबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले उत्तर दिएनन् ।

आइतबार प्रधानमन्त्रीले संसदमा अकास्मात् प्रश्न गर्न भनेपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी पीडितको बचत फिर्ता र जिबी राईबारे प्रश्न गरेका थिए ।

ुनेपालमा सहकारीको ठूलो घोटला भयो । थुप्रै आन्दोलन भयो । जिबी राईलगायतका थुप्रै मानिसहरू कहिले पक्राउ पर्छन् ? विशेषतः जिबी राई कहिले पक्राउ पर्छन् ?,ु राईले सोधेका थिए ।

ुसहकारीको विषयमा कोष खडा गरेका छौं । बाहिर आएजस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो हैन । गएको महिनाको रिपोर्ट हेर्दा ३ करोड जस्तो सहकारीबाट उठाइएको थियो । ५०–६० लाखजस्तो दिइएको थियो । यसको मतलब सरकारको पैसा गइरहेको होइन । हामीले सहकारीबाट उठाएरै पीडितहरूलाई पैसा बाँड्ने हो,’ जबाफमा प्रधानमन्त्री बालेनले यतिमात्रै भने । सेतोपाटी

Scroll to Top