धवलशमशेर राणाले छाडे राप्रपा

धवलशमशेर राणा । फाइल तस्बिर



काठमाडौं, जेठ १७ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आउँदो बाटो तय गर्ने निश्चय गरेको बताएका छन् ।

नेता राणाले भनेका छन्, “शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरूको रायसल्लाहबमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु । समयको पदचाप र जनभावनाअनुरूप अघि बढ्न देशविदेशमा रहनुहुने नेपालीहरूको सुझाव र शुभेच्छाहरू प्राप्त भएको छ ।”

देशलाई माया गर्ने, समृद्धि चाहनेलगायत नवयुवापुस्तालाई नयाँ अभियानमा सहभागी हुन उनले आह्वान गरेका छन् ।

राप्रपालाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्दा विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँडाउने क्रमले पार्टी जनताबाट दण्डित भएको उनले उल्लेख गरेका छन् ।

Scroll to Top