द पब्लिक टुडे
गौशाला, जेठ ३१ गते ।
महोत्तरीको मटिहानी नगरपालिकाका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई १० दिने आधारभूत तालिम प्रदान गरिएको छ ।
मटिहानी नगरपालिकाको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीद्वारा आधारभूत तालिम शुक्रवार सम्पन्न भएको छ।

तालिममा मटिहानी नगरपालिकाको २४ जना स्वयं सेविकाहरु सहभागी रहेका थिए।
तालिममा सहभागीहरुलाई मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, जिल्ला स्वास्थ्य कार्यालयका महिला स्वयं सेविकाहरुको फोकल पर्सन प्रतिभा सिंह, मटिहानी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन मण्डलले प्रमाणपत्र, झोला र छाता प्रदान गरेका थिए ।
तालिममा प्रशिक्षकको रुपमा स्वास्थ्य चौकी मटिहानीको इन्चार्ज किशन कुमार मण्डल र कृष्णा चौधरीले प्रशिक्षण दिएका थिए ।
तालिममा सर्ने र नसर्ने रोगको संगै अन्य विषयहरुमा प्रशिक्षण दिएको थियो ।






