जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण



काठमाडौँ, असार ३ गते ।

प्रतिनिधिसभा आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्थानीय तथा राष्ट्रिय समस्या समाधान गर्न र किसानलाई तत्काल मलखाद उपलब्ध गराउनेलगायत जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

सांसद नरेन्द्रकुमार केरुङले कोशी प्रदेशको जनताको अपेक्षा पूरा गर्न तमोर जलाशययुक्त आयोजना तत्काल सुरु गर्न सरकारको ध्यानार्कषण गराए । सांसद सीता थपलियाले क्यान्सर उपचारका लागि प्रयोग हुने महत्त्वपूर्ण औषधिको अभाव हुन नदिन र बिरामीलाई सहजै उपब्ध गराउने व्यवस्थाका लागि सरकारसँग आग्रह गरियो ।

सांसद निश्कल राईले गुणस्तर परीक्षण नगरिएको भन्दै भारतीय चिया बोर्डले नयाँ मापदण्ड लागू गरेसँगै नेपाली चिया उद्योग प्रभावित भएकाले तत्काल निर्यातको वातावरण बनाउन माग गरियो । चिया निर्यातको सहज वातावरण बनाउन सरकारीस्तरमा नै सम्झौता हुनुपर्ने उनले धारणा राखियो ।

सांसद पार्वती विकले दाङको तुलसीपुरमा एक युवतीमाथि दुव्र्यवहार गर्नेलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्र्नुपर्ने बताए । उनले माइतीघरमण्डलमा विभिन्न माग राख्दै प्रदर्शनमा बसेकाको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरियो ।

सांसद खुश्बु ओली कुवेतको विभिन्न जेलमा रहेका नेपाली महिलालाई तत्काल उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराए । अवैध बाटोबाट खाडीलगायतका क्षेत्रमा नेपाली महिला पुगेको जानकारी दिँदै उहाँले गैरकानुनी क्रियाकलापमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसद पूर्णप्रसाद लिम्बूले जलविद्युत् आयोजनाले अनधिकृत रूपमा प्राकृतिक स्रोतको दोहन गरेकाले कानुनी कारबाहीको माग गरियो । जलविद्युत् आयोजनाले स्थानीय आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर्नुपर्ने उनले तर्क गरियो ।

सांसद अर्जुननरसिंह केसीले देशका विभिन्न स्थानका सुकुम्बासी तथा अव्यवस्थित बसोबाससम्बन्धी समस्यालाई तत्काल सम्बोधन गर्न आग्रह गरियो ।

सांसद रजनी श्रेष्ठले ट्राफिक दुर्घटनाले निम्त्याएको घटनाबारे जानकारी गराउँदै सडक सुरक्षा र सचेतना अभियान सञ्चालन गर्नुपर्ने धारणा राखियो ।

सांसद यशुदाकुमारी बरालले महिलामाथि हुने साइबर बुलिङलाई नियन्त्रण गर्नुपर्ने धारणा राखियो । उनले पेट्रोलियम पदार्थको मूल्य घटाएर सर्वसाधारणको जीवनयापन सहज बनाउनुपर्ने बताए ।

सांसद विष्णुबहादुर खड्काले सुर्खेतका विभिन्न स्थानमा निर्माण व्यवसायीले काम नगर्दा निर्माणाधीन पुलपुलेसा अलपत्र परेकोबारे सदनको ध्यानाकर्षण गराए ।

सांसद बोधनारायण श्रेष्ठले धादिङका किसानले भोग्नुपरेको कृषि समस्या समाधान गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराखियो । सांसद गोविन्द पन्थीले स्थानीय तहमा बाँदर तथा बँदेल नियन्त्रण गर्न यथेष्ट बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरियो ।

सांसद विश्वराज पोख्रेलले स्वास्थ्य सेवामा नागरिकको समान पहुँच प्रत्याभूत गर्न आग्रह गरियो । सांसद प्रशान्त उप्रेतीले राष्ट्रिय निकुन्ज क्षेत्रका जङ्गल नजिकका ‘बफर जोन’मा रहेका जनताको समस्यालाई दीर्घकालीन समाधान गर्न आग्रह गरियो ।

सांसद इन्दिरा रानामगरले वर्षायाम लाग्न लागेकाले ग्रामीण क्षेत्रका सडक मर्मतको बजेट पुनरावलोकन गर्नुपर्ने बताए । सांसद शोभा खनालले किसानलाई तत्काल रासायनिक मल तथा बीउबिजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराखियो ।

सांसद बिना गुरुङले गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा संलग्न भएकालाई झुटा मुद्दा लगाइएका आपत्ति प्रकट गरियो । सांसद समिना मियाँले स्वास्थ्यकर्मीको पारिश्रमिकको विभेद तत्काल हटाउन आग्रह गरियो । सांसद बसुमाया तामाङले पर्यटकलाई सहज रूपमा आवतजावत गर्ने वातावरण बनाउन र विमानस्थलमा सभ्य र मर्यादित व्यवहार गरिनुपर्ने धारणा रारियो ।

सांसद प्रमिला कुलुजुले किसानको मागअनुरुप सहजै प्राप्त गर्नेगरी रासायनिक मल उपलब्ध गराउन माग गरियो । सांसद ऐनबहादुर महरले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिताबारे जिज्ञासा रारियो ।

सांसद हरिनादेवी कामीले डडेलधुराका चार सय बढी किसानले खेतीपाती गर्दै आएको जग्गा वन कार्यालयले रोकेकामा आपत्ति जनाउनुभयो । सांसद आरेन राईले विभिन्न कालखण्डमा राजनीतिक आन्दोलनको सम्मान गर्न माग गरियो ।

सांसद गुरु बरालले चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले नचिनेको व्यक्ति प्रवेश गरेको भन्दै आपत्ति जनाए ।

Scroll to Top