राजविराज–भारदह सडक अलपत्र



सप्तरी, असार १८ गते ।

राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ ।

उक्त सडक निर्माणको जिम्मा लिएको शाह इन्जिनियरिङ कन्स्ट्रक्सनले निर्माण पूरा नगरिदिएकाले सडक अलपत्र परेका हो ।

निर्माण कार्य पूरा नभएपछि अलपत्र पारिएको सो सडकबाट निस्कने धुलो र दैनिक सञ्चालन हुने सार्वजनिक यातायातले छोड्ने धुवाँका कारण स्थानीयले दैनिक हैरानी खेप्नुपरेको छ ।

झलहीदेखि हनुमाननगर कङ्कालिनी नगरपालिकाको इनर्वासम्मको आठ किलोमिटर सडक ठेकेदारले भताभुङ्ग छोडिदिएका कारण धुलोबाट सर्वसाधारण हैरानी भएका हुन् ।

“राजविराज–भारदह सडकखण्डको ठेक्का लागेको लामो भए पनि निर्माण कार्यले गति लिन सकेको छैन । सडक खनेर छाडिएको छ”, राजविराज नगरपालिका–११ स्थित झलहीका श्रवण यादवले गुनासो गरियो ।

उनी भने, “राजविराजबाट पूर्वतर्फ विराटनगर र धरान जानका लागि यही राजविराज–भारदह सडक मुख्य बाटो भएकाले खनिएको सडकमा दैनिक चल्ने सवारीसाधनका कारण सडकमा हिँड्नेदेखि साइकलयात्री तथा सर्वसाधारणलाई मर्का परेको छ ।”

सडक डिभिजन कार्यालय लहानमार्फत २२ करोड ५३ लाख लागतमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माणको म्याद पटकपटक थपिँदै आएको छ ।

Scroll to Top