एमालेका पूर्व सांसद लक्ष्मी महतो कोईरी पक्राउ



द पब्लिक टुडे
गौशाला, असार १८ गते ।

नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोईरी पक्राउ परेका छन् । असई थमन विक हत्या मुद्दामा उच्च अदालत जनकपुरबाट ५ वर्ष कैद सजाय ठहर भएका पूर्व सांसद कोईरी पक्राउ परेका हुन् ।

उनलाई आज साँझ करिब ६ बजे महोत्तरीको गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी पन्चलाल गोलेले जानकारी दिए ।

असई थमन विक हत्या मुद्दामा महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उच्च अदालत जनकपुरले बुधबार उल्ट्याउँदै कोईरीलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । जिल्ला अदालतले कोइरीलाई सफाइ दिएको थियो ।

Scroll to Top