बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी



मकवानपुर, असार २० गते ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको बैठकले प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको बैठकमा पार्टी महामन्त्री गुरुराज घिमिरे आमन्त्रित सदस्यका रूपमा सहभागी भएको थियो ।

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँगको समन्वयमा प्रदेशसभामा बजेट प्रस्तुत गरेको हो । त्यसअघि दुवै पार्टीका संसदीय दलले नेपाली कांग्रेसका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा बजेट निर्माण सहजीकरण कार्यदल गठन गरेका थिए ।

Scroll to Top