द पब्लिक टुडे
ढल्केवर, असार २१ गते ।
मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शनिबार ढल्केवरमा आयोजित एक समारोहकाबीच संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
गत शनिबार सम्पन्न संघको चौथो साधारणसभा एवं दोस्रो अधिवेशनबाट मुन्ना कुमार सिंह(राकेश)को नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए । संघको अध्यक्षमा मुन्ना कुमार सिंह(राकेश), उपाध्यक्षमा आनन्दकुमार सिंह, महिला उपाध्यक्षमा कौशिल्या देवी महतो, महासचिवमा गणेशकुमार महतो, सचिवमा दिपकप्रसाद वास्तोला र कोषाध्यक्षमा सन्तोष कुमार सिंह निर्विरोध निर्वाचित भएका थिए । यस्तै सदस्यहरुमा पुजा कुमारी महतो, अरून कुमार साह, दिपेन्द्र महतो, रोशन पोखरेल, चन्द्र प्रसाद पौडेल, रन्जु दास र रूद्र प्रसाद घिमिरे गरी १३ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक शिवप्रसाद तिमल्सिनाले बताए ।
कार्यसमितिमा विधान बमोजिम चारजना सदस्य मनोनित गरिएको संघका अध्यक्ष मुन्ना कुमार सिंहले बताए । उनका अनुसार मनोनित हुनेहरुमा अनिल साह, सारथी लामा, अनिलकुमार महतो र श्यामकुमार यादव रहेका छन् ।
निर्वाचित एवं मनोनित भएका कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु शनिवार निर्वाचन समिति समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । उनीहरुलाई निर्वाचन समिति संयोजक शिवप्रसाद तिमल्सिनाले शपथ खुवाएका हुन् ।
यस्तै कार्यसमितिको पहिलो बैठकबाट पाँच सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । उक्त समितिमा तेजनारायण साह(सन्तोष), शिवप्रसाद तिमल्सिना, सर्वनाथ महतो, हिरा गौतम र सुरेन्द्र दास रहेको अध्यक्ष सिंहले बताए ।





