काठमाडौं, असार २८ गते ।
फिफा विश्वकप २०२६ अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध एक गोलले अघि छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिनाले एक गोलको अग्रता बनाएको हो ।
एलेक्सिस म्याक एलिस्टरले १०औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।
बल पोजिसनमा अर्जेन्टिनाभन्दा अघि देखिएपनि स्विट्जरल्यान्डले फिनिसिङ भने गर्न सकेको छैन ।
यो खेलको विजेताले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ ।





