भानु जयन्ती विविध कार्यक्रमसहित मनाइँदै



काठमाडौँ, असार २८ गते ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय १३औँ जन्म जयन्ती सोमबार विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।

जयन्तीका अवसरमा भानु प्रतिष्ठान, काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानबाट नगरपरिक्रमा, रथारोहण, प्रभातफेरि र श्रद्धाञ्जली कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याललगायत विशिष्ट व्यक्तिको उपस्थिति रहनेछ ।

यस्तै नेपाली शिक्षा परिषद्को आयोजनामा र भानु माध्यमिक विद्यालयको सहआयोजनामा सोमबार बिहान रानीपोखरी अगाडिको भानु प्रतिमामा माल्यार्पण गरिनेछ भने दिउँसो लेखनाथ साहित्य सदनमा कवि भूवनहरि सिग्देललाई पुरस्कृत गरिँदैछ ।

भानु जयन्तीकै अवसरमा आज भीमसेनगोलास्थित मोडर्न कन्या स्कुलले साहित्यिक कार्यक्रमको आयोजना गरेको छ ।

Scroll to Top