जनकपुरमा एक दर्जन बढी अश्रुग्यास प्रहार



जनकपुरधाम, साउन १४ गते ।

धनुषाको जनकपुरधाममा बिहीबार बिहानदेखि प्रर्दशन जारी छ । बिहानैदेखि जनकपुरधामका विभिन्न चोकमा टायर बालेर प्रर्दशन भइरहेको छ ।

अवस्था नियन्त्रणभन्दा बाहिर जान सक्ने अनुमान भएपछि अहिले सुरक्षा समितिको बैठक बसिरहेको धनुषाका एसपी रुपेश खड्काले जानकारी दिए । उनका अनुसार, जिल्ला प्रशासन कार्यालयमा बैठक बसिरहेको हो ।

भिडलाई नियन्त्रण गर्न तथा उपद्रो गर्न नदिन हालसम्म १५ भन्दा बढी राउन्ड अश्रु ग्यास प्रहार भएको उनले जानकारी दिए । ‘अहिले सुरक्षा समितिको बैठकमा छु । विभिन्न ठाउँमा भिडलाई तितरबितर गर्न १५ राउन्डभन्दा बढी अश्रुग्यास प्रहार भएको छ,’ उनले भने, ‘यकिन विवरण आइसकेको छैन् । तर प्रहरीको खबर अनुसार हालसम्म कुनै ठाउँमा कुनै प्रकारको क्षति हुन दिएका छैनौँ ।’

प्रदर्शनकै क्रममा एक बालक घाइते भएको उनले बताए ।

Scroll to Top