द पब्लिक टुडे
बर्दिबास, साउन १५ गते ।
महोत्तरीको क्षेत्र नम्बर– १ प्रतिनिधि सभा सदस्य प्रमोद कुमार महतोको दाहिने हातमा क्यानुला लागेको देखिन्छ । उनी अस्वस्थ छन् । तर, समाजमा समाज एव धार्मिक सहिष्णु कायम गर्न तातो घाममा गौशालामा आन्दोलनमा रहेका युवाहरुलाइ सम्झाइबुझाइ घर पाठाइरहेको भिडियोमा देख्न सकिन्छ । बिहानै गौशालामा टायर बालेर बजार बन्द गराएपछि नेता महतोको सकारात्मक सक्रियताले बजारको अशान्त वातावरण शान्त भएको थियो ।
प्रतिनिधि सभा सदस्य महतो भन्छन्, ‘म जनताको खुशीमा आउला न आउला तर, दुखमा सधै साथमा छु । सुन्सरी घटना पछि समाजमा धार्मिक सद्भाव कायम राख्न प्रधानमन्त्रीज्युले बैठक राख्नुभएको थियो । त्यो बैठक सकेर निर्वाचन क्षेत्रमा आएको छु ।’

समाजको सबै पक्ष सङ समन्वय गरि समाजमा शान्ति कायम गर्ने काम भैइरहेको उनले बताए । ‘यो कार्यमा सबैले सहयोग गरिरह्नु भएको छ,’ उनले भने ।
नेता महतोको प्रेसर– लो भएर तीन दिन अधि स्लाइन पानी गरिएको थियो । उनी बिरामी हुँदा पनि काठमाडौको बैठक सकेर निर्वाचन क्षेत्र आएको रास्वपाका नेता पिताम्बर महतोले जनाए । तीन दिन अघि फुड– प्वाइजन भएर बिरामी भएको उनले बताए ।
प्रतिनिधि सभा सदस्य महतोले तीन दिन अघि बिरामी परी गौशला पोलिकक्लिनिकमा उपचार गराएका थिए । उनले क्यानुला मार्फत औषधि लिदै काम गरिरहेका छन् ।






