काठमाडौं, साउन १४ गते ।
सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको निधन भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । उनको शव हालसम्म सडकमा नै छ ।
त्यस्तै, गोली नै लागेर एकजना घाइते भएका छन । उनलाई थप उपचारको लागि नेपाली सेनाले अस्पताल लगेको बरालले जानकारी दिए ।
सुनसरी घटनापछि तरंगित मधेसका विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ । निषेधाज्ञा पनि जारी छ । तर, प्रदर्शनकारीहरू सडकमा आन्दोलन गरिरहेका छन् ।





