काठमाडौं, साउन १४ गते ।
पर्साको वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ।
बिहीबार साँझ ६ बजेदेखि लागुहुने गरी प्रमुख जिल्ला अधिकारी भोला दाहालले निषेधाज्ञा जारी गरेका हुन्।
वीरगञ्ज महानगरको पूर्वतर्फ प्रतिमा चोकदेखि बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लगाएको हो।
यी क्षेत्रमा पाँच जना भन्दा बढी मानिसहरू भेला जम्मा नहुन र सभा गर्न नपाइनेगरी निषेधाज्ञा जारी गरेको हो।





