सिरहाको लहामा पनि कर्फ्यु जारी



जनकपुरधाम, साउन १४ गते ।

सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको छ । बिहीबार (साउन १४) दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।

यसअघि पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका आसपासमा कर्फ्यु लगाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार, लहान नगरपालिकाको पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वति खोला (बाटिका होटेल पश्चिम) सम्म र दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको ५०० मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कर्फ्यु लगाइएको बताएको छ ।

Scroll to Top