मधेशकेन्द्रित दलसँग छलफल गर्दै रास्वपा सभापति लामिछाने



काठमाडौं, साउन १४ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा देखिएको समस्याबारे मधेशकेन्द्रित दलका नेताहरू छलफल गरिरहेका छन् । अहिले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा छलफल भइरहेको छ ।

देशमा देखिएको वर्तमान समस्याको निकास सम्बन्धमा तराई(मधेसकेन्द्रित दलहरूसँग छलफल भइरहेको लामिछानेको सचिवालयले जनाएको छ ।

छलफलमा जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत अन्य मधेशकेन्द्रित दलका नेताहरू सहभागी छन् ।

यसअघि सभापति लामिछानेले मधेश र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपाका सांसदसँग छलफल गरेका थिए । उक्त छलफलमा उनले रास्वपा सांसदलाई आ–आफ्नो जिल्ला र क्षेत्रमा भएर सद्भाव जगाउने काममा खटिन निर्देशन दिएका थिए ।

Scroll to Top