रेल सेवा कर्फ्यू आदेश जारी रहेसम्म बन्द



द पब्लिक टुडे
गौशाला, साउन १५ गते ।

जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश जारी गरेपछि नेपाली रेल बन्द भएको छ ।

शुक्रबार नेपाल रेल्वे कम्पनी लिमिटेडले एक सूचना जारी गर्दै जयनगर–जनकपुर–भंगहा रेल खण्डको रेल सेवा कर्फ्यू आदेश जारी रहेसम्म बन्द रहने जनाएको छ ।

निमित्त प्रशासन प्रमुख अजय कुमार सिंहद्वारा जारी सूचनामा जिल्ला प्रशासन कार्यालय, धनुषाको बिहीबारको पत्रानुसार प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश बमोजिम यात्रुहरुको सुरक्षालाई मध्यनजर गरी जयनगर–जनकपुर–भंगहा रेलखण्ड अन्तर्गतका रेल सेवा स्थगत गरिएको जनाइएको छ ।

Scroll to Top