द पब्लिक टुडे
गौशाला, साउन १५ गते ।
धनुषामा एक जना पुरुष मृत फेला परेका छन् ।
शुक्रबार बिहान धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुर नहरचौकस्थित अन्दाजी ४५ वर्षीय बन्ठु गडेरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार मृत फेला परेका पुरुष अविवाहित भएको बुझिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
मृत फेला परेका गडेरीको शरिरको विभिन्न भागमा चोटपटक लागेको देखिएको धनुषा प्रहरीले जनाएको छ ।





